PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओ ताइवान जाँदै, चीनले भन्यो : नाफामुखी भ्रमण



पहिलोपोस्ट

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओ ताइवान जाँदै, चीनले भन्यो : नाफामुखी भ्रमण

अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पेओ ताइवान भ्रमणमा जाँदै छन्। त्यहाँको अखबार लिबर्टी टाइम्सले आयोजना गरेको 'ग्लोबल ताइवान बिजनेस फोरम'मा सहभागि हुन उनी सोमवार साँझ ताइवान पुग्ने पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ। 

त्यहाँको खाओसियुङमा आयोजना हुने कार्याक्रममा सहभागि हुन त्यहाँ पुग्ने पोम्पेओ मेरियट होटलमा बस्नेछन्। उनको सुरक्षाका लागि नेशनल सेक्युरिटी ब्युरो र म्युनिसिपल पोलिस ब्युरो सुरक्षाकर्मी परिचालन गरिएका छन्। उनको सुरक्षाका लागि मात्र १०० प्रहरी परिचालन हुने बताइएको छ। 

कार्यक्रममा सम्बोधन गर्नुकासाथै उनले नागरिक समूहका अगुवासँग छलफल, ताकाङ पुलको अवलोकन, रेलको अवलोकन लगायतमा सहभागि हुनेछन्। उनले  इन्डो-प्यासिफिक क्षेत्रको अर्थतन्त्रको विषयमा व्यवसायीक समुदायसँग छलफल गर्ने बताइएको छ। 

पोम्पेओको यो भ्रमण यस वर्षको दोस्रो हो। यो सम्मेलनमा 'स्वशाशित मताइवान'का उपराष्ट्रपति लाइ चिङ-तकलाईसमेत निम्तो दिइएको छ। 

यता पोम्पेओको यो भ्रमणलाई चीनको मुखपत्र ग्लोवल टाइम्सले नाफामुखी भ्रमणको संज्ञा दिएको छ। 'यस क्षेत्रमा उनको भ्रमणले जति अस्थिरता ल्याए पनि उनलाई त्यसको मतलव छैन। अघिल्लो भ्रमणमा जस्तै नाफा कुम्ल्याउन आएका हुन्,' समाचार भनिएको छ। 

ताइवान सेमिकन्डक्टर म्यानुफ्राक्चरिङ को लिमेटेड, चाइना स्टिल करपोरेसन, आई-एमइआई फुड, चिमेइ करपोरेसनबाट 'कमिसन सूल्क' बुझ्न त्यहाँ जान लागेको आरोपसमेत लगाइएको छ। गत मार्चमा पोम्पेओ त्यहाँ भ्रमण गरी १ लाख ५० हजार डलर लिएर गएकोसमेत बताइएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell