PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

विश्वकप जिते जर्मनीका हरेक खेलाडीले ५ करोड बढी पाउने



पहिलोपोस्ट

विश्वकप जिते जर्मनीका हरेक खेलाडीले ५ करोड बढी पाउने
Photo: Reuters

जर्मनीको फुटबल संघ (डीएफबी)ले कतारमा हुन गइरहेको विश्वकपमा च्याम्पियन बने हरेक खेलाडीलाई ४ लाख यूरो (५ करोड बढी रुपैयाँ) रकम दिने घोषणा गरेको छ।

अघिल्लो विश्वकपमा ३ लाख ५० हजार यूरो घोषणा गरिएकोमा यो वर्ष ५० हजार युरो डीएफबीले बढाएको हो। उक्त विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप जित्दा जर्मनीको टोलीका हरेक खेलाडीले ३ लाख यूरो प्राप्त गरेका थिए।

कतार विश्वकपमा समूह चरण पार गरे ५० हजार युरो, अन्तिम ८ मा पुगे १ लाख युरो, सेमिफाइनल पुगे १ लाख ५० हजार यूरो, तेस्रो स्थान बनाए २ लाख युरो र उपविजेता बने २ लाख ५० हजार प्राप्त गर्ने डीएफबीले जनाएको छ।

समूह 'ई' मा जर्मनीसँग स्पेन, कोस्टारिक र जापान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell