PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

महिना दिन नपुग्दै पाकिस्तानी सेनाको अर्को हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु



पहिलोपोस्ट

महिना दिन नपुग्दै पाकिस्तानी सेनाको अर्को हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये दुईजना मेजर छन्। 

बलोचिस्तानको हरनाइ खोस्ट नजिकै आइतवार राति हेलिकप्टर दुर्घटना भएको पाकिस्तानको इन्टर सर्भिस पव्लिक रिलेसनले जनाएको डन न्युजले उल्लेख गरेको छ। 

दुर्घटनामा मृत्यु हुनेमा पाइलट मेजर खुर्रम शाहजाद, पाइलट मेजर मुहम्मद मुनिव, सुवेदार अब्दुल वाहिद, हवलदार मुहम्द इमरान, सोयव र नायक जलिल छन्। 

सेनाले दुर्घटनाको कारण खुलाएको छैन। झण्डै एक महिना अगाडि पनि बलोचिस्तानमै हेलिकप्टर दुर्घटना भएको थियो। अगस्ट १ मा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा कमाण्ड १२ कर्पका लेफ्टिनेन्ट जनरल सर्फराज अलीसहितका ६ अधिकारीको मृत्यु भएको थियो। 

हिलोकप्टरमा सवार दुई पाइलटसहित ६ अधिकारीले सहादत प्राप्त गरेको सेनाको मिडिया हेर्ने निकायले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell