PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टेलिश्रृखंला 'सहारा' को शुभमुहूर्तसँगै सुरु भयो छायाङ्कन



पहिलोपोस्ट

टेलिश्रृखंला 'सहारा' को शुभमुहूर्तसँगै सुरु भयो छायाङ्कन

काठमाडौं : प्रज्ञा जोशीको लगानीमा टेलिश्रृखंला 'सहारा' निर्माण हुने भएको छ। सोमबार घटस्थापनाको अवसर पारेर 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कन समेत थालिएको हो। सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन्।

'सहारा' एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन्। यो सिरियलले एउटी विधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारिरीक पिडा र सहाराको कथा बुनिएको निर्देशक दाहालले बताए। 

'सहारा'मा निर्मात्री प्रज्ञाका साथै आजे सिंह, सरोज दाहाल, पुर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन रहनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell