PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु



पहिलोपोस्ट

रसियाको एक विद्यालयमा गोली चल्यो, बालबालिकासहित १३ जनाको मृत्यु
FILE PICTURE : REUTERS

रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्।

इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्ययरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ।

हाल सामाजिक संजालमा सो विद्यालयको भिडियोहरु सेयर भइरहेका छन्। जसमा कक्षाकोठामा रगत देख्न सकिन्छ।

गोली प्रहार गर्ने व्यक्तिले अरुको हत्या गरेपछि आत्महत्या गरेका थिए। उनले गोली चलाउनुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell