PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि, थप ३ जनाको मृत्यु



पहिलोपोस्ट

एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि, थप ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१ जनामा डेंगु संक्रमण देखिएको छ। यससँगै देशभर २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको मृत्यु भएको छ। डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५ जनामा, मधेश प्रदेशमा ३८० जना, वाग्मती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु सुंक्रमण देखिएको छ।

यस्तै, गण्डकी प्रदेशमा ५५६ जना, लुम्बिनीमा २ हजार ८८७ जना, कर्णालीमा २३१ जना र सुदूरपश्चिममा ८०४ जनामा डेंगु देखिएको छ।

यसैबिच, पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६२४ जनामा परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell