PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न प्रकाशमानको आग्रह



पहिलोपोस्ट

नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न प्रकाशमानको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका नेता कार्यकर्तालाई धैर्यताका साथ राजनीतिमा लाग्न अपिल गरेका छन्।

नेपाली कांग्रेस सुर्यविनायक नगरकार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले अहिले टिकटको अपेक्षा राखेर दौडधुप चलिरहेको तर आकाङ्क्षी धेरै हुँदा सबैले पाउन नसक्ने बताए।

नेता सिंहले टिकट नपाउँदा खिन्न नभइ संस्थापक नेताहरूको जीवनीबाट सिक्न आग्रह गरे। अरूजस्तो राजनीतिमा कर्म गर्न साथ फल प्राप्ति नहुने भन्दै धैर्यता राख्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापारीकरण गर्ने नवधनाढ्यहरूलाई राजनीति विशुद्ध समाज सेवा हो भन्ने पाठ सिकाउन आफूहरूले भक्तपुरबाट अभियान थाल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell