PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउने छौं'



पहिलोपोस्ट

'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउने छौं'
तस्बिर: एन्फा

काठमाडौं: बंगलादेशी फुटबल टोलीका कप्तान जमल भुयानले आफ्नो देशको महिला फुटबल टोलीले नेपालमा इतिहास बनाएको भन्दै त्यसलाई दोहोर्‍याउन चाहेको बताएका छन्। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा उनले नेपालको घरेलु समर्थकबीच जित निकाल्न चाहेको बताए।

'हामीले यहाँ यसअघि पनि खेलिसकेका छौं। यहाँ घरेलु समर्थक हुनेछन्,' उनले भने, 'हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउन चाहन्छौं।'

यी दुई टोलीको पछिल्ला भेटहरुमा नेपाल हाबी भएको प्रसंगमा उनले आफूहरु इतिहासमा नभएर अगाडिको खेलमा केन्द्रित भएको बताए। यसका लागि १ महिना यता ट्रेनिङ गरिरहेको र कम्बोडियासँग खेलेर जित निकालेकोले नेपालसँगको खेलका लागि आफूहरु तयार रहेको उनले बताए।

'त्यो इतिहास हो, हामी अगाडिको खेलमा केन्द्रित छौं,' उनले भने।

त्यस्तै बंगलादेशको टोलीका प्रशिक्षक जाभियर फर्नान्डेज कब्रेराले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक भएको भन्दै कम नआँकेको बताए।

'यो धेरै प्रतिस्पर्धात्मक खेल हुनेछ। यसका लागि हामी तयार छौं,' उनले साफ र थ्री नेशन्स कपमा भएको प्रतिस्पस्पर्धात्मक खेलको उदाहरण दिँदै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell