PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं क्षेत्र ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

काठमाडौं क्षेत्र ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी घोषणा गरेकी अनुपा श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेकी छिन्। करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस पृष्ठभूमिकी श्रेष्ठ २०७२ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट विवेकशील साझा पार्टीबाट चुनाव लडेकी थिइन्। जसमा उनी तेस्रो भएकी थिइन्। 

अन्तर्राष्ट्रिय महिला संजाल (आइवार्ट) की अध्यक्ष श्रेष्ठले नेपाल टेलिभिजन र इमेज च्यानलमा धेरै वर्ष काम गरिन्। उनी नेपाल प्रेस युनियन इमेज च्यानल शाखाकी अध्यक्षसमेत थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell