PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राप्रपा प्रवेशको चर्चाबीच रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा, 'राष्ट्रवादी शक्ति निर्माणमा पार्टी परिवर्तन आवश्यक भयो'



पहिलोपोस्ट

राप्रपा प्रवेशको चर्चाबीच रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा, 'राष्ट्रवादी शक्ति निर्माणमा पार्टी परिवर्तन आवश्यक भयो'

काठमाडौंः विवेकशील साझा पार्टीका नेता रवीन्‍द्र मिश्रले पार्टीको साधरण सदस्यता समेत नरहने गरी राजीनामा दिएका छन्। राप्रपा प्रवेशको चर्चा भइरहेका बेला मिश्रले पार्टीको साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। मिश्र उपाध्यक्षसहित राप्रपा प्रवेशको चर्चा केही दिनयता चुलिएको छ। तर औपचारिक रुपमा राप्रपाले यसबारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन। 

तर मिश्रले राजनीतिक ध्रुवीकरणका लागि पार्टी परिवर्तन गर्नुपरेको भने राजीनामा नै उल्लेख गरेका छन्। सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाएको मिश्रले फेसबुकमा उल्लेख गरेका छन्।

राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुवीकरण आवश्यक भएकाले पार्टी नै परिवर्तन गर्नुपरेको मिश्रले राजीनामामा उल्लेख गरेका छन्।

आफैँले नेतृत्व गरेको साझा, र त्यसपछिको विवेकशील साझा पार्टीलाई छाड्नु आफ्ना लागि कठिन निर्णय भएको उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell