PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि



पहिलोपोस्ट

विश्वकपको नकआउटमा पुग्न दक्षिण कोरियालाई सनमाथि भरोसा, तर शंका उनको 'फर्म'माथि
Photo: Chung Sung-Jun/Getty Images

इङ्ग्लिस क्लब टोटेनहमबाट खेल्ने दक्षिण कोरियाली फर्वाड सन ह्युङमिनको पछिल्ला सिजनहरुमा प्रदर्शन प्रभावशाली रह्यो। तर, यस सिजनको सुरुवाती खेलहरुमा जादु देखाउन नसकेका उनले अघिल्लो साता लेस्टर सिटीसँगको खेलमा ह्याट्रिक गरेपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई मुस्कुराउने अवसर मिल्यो

जसले कोन्टेको मुस्कान बाहेक पनि अर्को कोही प्रशिक्षकको मुखमा पनि पक्कै मुस्कान आयो र राहतको सास फेरे। ती अर्का प्रशिक्षक हुन् : पाउलो बेन्टो।

विश्वकप नजिकिँदै गर्दा पाउलोको चिन्ता सनको लयलाई लिएर थियो। सनको यो सिजनको प्रदर्शन अघिल्लो सिजनको तुलनामा निकै कमजोर रह्यो। अर्को तर्फ दक्षिण कोरियालाई सन उनको उत्कृष्ट फर्ममा चाहिएको छ। त्यसै पनि कोरिया विश्वकपमा अफ्ठेरो समूहमा छ।

समूह ‘एच’मा कोरियासँगै क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको स्टार खेलाडी सम्मिलित पोर्चुगल, दक्षिण अमेरिकी पावरहाउस उरुग्वे जसमा लुइस स्वारेज, एडिसन काभानी र लिभरपुलका २३ वर्षे खेलाडी डार्विन नुनेज छन्। त्यस्तै, चलाख अफ्रिकी टोली घाना कोरियाको समूहमा छन्।

समूह चरणबाट माथि उठ्न नै कोरियाका लागि कठिन काम त छँदैछ,  यसका लागि बेन्टोलाई सनले लेस्टरसिटीविरुद्ध देखाएको प्रदर्शनले पक्कै राहत दिलाउनेछ।

सनको संघर्ष

अघिल्लो सिजन प्रिमियर लिगमा सनले गोल्डन बुट (मोहम्मद सलाहसँग संयुक्त) उनले जितेका थिए। त्यस सिजन २३ गोल गरेर वाहवाही बटुलेका उनले यो सिजन सुरुका ६ खेलमा गोल नै गर्न सकेनन्। त्यसले गर्दा टोटेनहमका प्रशिक्षक एन्टोनियो कोन्टे उनलाई लेस्टरविरुद्धको खेलमा बेञ्चमा राखे। खेलको ५९औँ मिनेटमा रिचार्लिसनको स्थानमा मैदान प्रवेश गरेका सनले ७३, ८४ र ८६औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गर्दै जादु नै देखाए।

पहिलो पटक बेन्चमा बसेर मैदान प्रवेश गरेका उनले सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेर ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बन्दै आफू तयार भएको सन्देश दिए।

अझ भन्नुपर्दा उनको पहिलो गोल शानदार थियो। आफ्नो दाहिने खुट्टाले, उनले २५ यार्डको टप कर्नरमा बल 'कर्ल्ड' गरे। त्यसपछि उनको बायाँ खुट्टाले २० यार्डबाट बटम कर्नरमा प्रहार गरे। भिडियो एसिस्टेन्ट रेफ्रीले अफसाइड निर्णयलाई खारेज गरेपछि उनले गरेको गोलले मान्यता पायो।

कोन्टेले बेन्चमा राखेपछि सन आफैले ‘वास्तवमा निराश’ भएको स्वीकार गरेका थिए।

‘म पनि साँच्चै निराश थिएँ’, सनले खेलपछि भनेका थिए, ‘म पहिले भन्दा धेरै राम्रो गर्न सक्छु। म निराश भएको थिएँ, टोलीले वास्तवमै राम्रो गरिरहेको छ।’

दक्षिण कोरियाली टिम र टोटेनहमका सन अपरिहार्य खेलाडीका रुपमा छन्। त्यसैले पनि होला पछिल्लो ४ वर्षमा उनको यात्रा यति धेरै भयो जति सायदै अरु कुनै खेलाडीको भयो होला।

उनको क्लबको खेल तालिका फेरबदल भइरहँदा उनले आफ्नो देशको टिमबाट खेल्नका लागि धेरै यात्रा गर्नुछ। रसियामा सन् २०१८ मा भएको फिफा विश्वकप, त्यसपछि इन्डोनेसियामा २०१८ का एसियाली खेलहरू, त्यसपछि संयुक्त अरब इमिरेट्समा २०१९ को एसियन कप। त्यसपछि एसियाभर खेलाइएको कतार विश्वकपका छनोट खेलहरू।

उनको व्यस्तता अलि बढी नै देखिन्छ। अझ उनको लोकप्रियता र समर्थकको ठूलो संख्याका कारण उनलाई प्रायोजन गर्न चाहने कम्पनीहरुको लिस्ट पनि लामै छ। उनको व्यस्त क्यालेन्डरलाई  सिजनको सुरुवाती खेलमा खस्किएको प्रदर्शनको पछाडिको कारण देखाउने पनि थुप्रै छन्।

मैत्रीपूर्ण खेलहरु

लेस्टरविरुद्धको खेलमा लय देखाएका उनले कोरियाबाट मैत्रीपूर्ण खेलमा पनि आशा देखाएका छन्। शुक्रवार कोस्टारिकासँगको मैत्रीपूर्ण खेलमा २-१ गोलले पछि परेको अवस्थालाई उल्टाउन सन ह्युङमिनले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए। मंगलवार कोरियाले अर्को खेलमा क्यामरुनसँग खेल्दैछ।

बेन्टोलाई सताउने प्रश्न भनेको सन विश्वकपअघि स्वभाविक फर्ममा आउन सकेनन् भने कोरियाली टोलीलाई विश्वकपको नकआउटमा पुग्नको लागि कसको भर पर्ने? यसको मतलब उनीहरूलाई प्रभावशाली स्ट्राइकर खड्किनेछ। सनको विरासतमा को तयार हुनेछ?

त्यसले सायद ह्वाङ उइ-जो तिर संकेत गर्नेछ। उनी भर्खरै फ्रेन्च क्लब बोर्डोबाट लोनमा ग्रीसको क्लब ओलम्पियाकोसमा पुगेका छन्। विगत दुई वर्षमा लिग १ मा आफ्नो नाममा ४७ क्यापबाट अन्तर्राष्ट्रिय १६ गोल गरेका छन्।

उनी 'डिसेन्ट' छन् तर आफ्नो देशको लागि खेल जित्न प्रभावशाली खेलाडी बन्ने क्षमता छ कि छैन भन्ने शंका छ। कोरियाको दोस्रो लिग खेलिरहेका छो गुइ सुङ पनि यो सूचीमा देखिन्छन्। उनी स्कोरमा कन्सिस्टेन्ट देखिए पनि आफूलाई राष्ट्रिय टोलीबाट प्रमाणीत गर्न बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell