PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण घोषणा, १६ देशका २३ नाटक मञ्चन हुने



पहिलोपोस्ट

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण घोषणा, १६ देशका २३ नाटक मञ्चन हुने

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करणको औपचारिक घोषणा भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच महोत्सव आगामी मंसिर ९ देखि १७ गतेसम्म हुने जानकारी दिइएको हो।

मण्डला थिएटरले आयोजना गर्ने नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुनेछन्। जसमा पाँच नेपाली नाटक छन्। ५ नेपाली नाटकमध्येमा मण्डलाले हाल सञ्चालन गरिरहेको नाटक लेखन परियोजना-२०२२ बाट छानिएको उत्कृष्ट नाटक महोत्सवको समापनमा प्रिमियर गरिनेछ।

नौ दिवसीय महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक मञ्चन हुनेछन।

‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा नाटक मञ्चनका साथै कार्यशाला,तालिम, फोटो प्रदर्शनी, साँस्कृतिक झाँकी, अन्तर्किया र छलफल हुनेछन।

नाटक हेर्ने परम्परालाई बढाउन महोत्सव आयोजना गर्न लागिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell