PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिए, हंगेरीलाई हराएको इटली अन्तिम चारमा



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिए, हंगेरीलाई हराएको इटली अन्तिम चारमा
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्ब्ली स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले जर्मनीसँग ३-३ गोलको बराबरी खेलेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६ वटै गोल दोस्रो हाफमा हाफमा भएका थिए। खेलको ५२ औं मिनेटमा इल्के गुण्डोगनले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यस्तै ६७ औं मिनेटमा टिमो वेर्नरको पासमा काइ हार्भटेजले गोल थपे। अर्को तर्फ इङंग्ल्याण्डका लागि ७१ औं मिनेटमा लुक शले रीस जेम्सको पासमा खाता खोलेका थिए। त्यस्तै ७५ औं मिनेटमा म्यासन माउन्टले बुकायो साकाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। ८३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ह्यारि केनले गोल गर्दा इङ्ग्ल्याण्डले अग्रता बनायो। तर, ८७ औं मिनेटमा काइ हार्भटेजले जर्मनीका लागि गोल थप्दा खेल ३-३ को बराबरीमा टुंगियो।

गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा इटलीले हंगेरीलाई २-० गोलअन्तरले हरायो। इटलीको जितमा जियाकोमो रसपडोरीले २७ औं मिनेटमा र फेडेरिको डिमार्कोले ५२ औं मिनेटमा गोल गरे।

योसँगै ६ खेल खेल्दा ३ बराबरी र ३ हार ब्यहोरेको इङ्ग्ल्याण्ड ३ अंक जोड्दै रेलिगेसनमा परेको छ भने दोस्रो र तेस्रो स्थानमा रहेका हंगेरी र जर्मनीले क्रमश १० र ७ अंक जोडेका छन्। शीर्ष स्थानमा रहेको इटलीले ११ अंक जोड्दै समूह सी बाट शीर्ष चारमा स्थान बनाएको छ। शीर्ष चारका लागि क्रोएसिया र नेदरल्याण्ड्सले यसअघि नै स्थान बनाइसकेका छन् भने अन्तिम टोलीको टुंगो आज राति हुने स्पेन र पोर्चुगलको खेल पछि लाग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell