PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अमेरिकी गुप्तचर दस्तावेज 'लिक' गरेका एडवर्ड स्नोडेनलाई दिइयो रसियाको नागरिकता



पहिलोपोस्ट

अमेरिकी गुप्तचर दस्तावेज 'लिक' गरेका  एडवर्ड स्नोडेनलाई दिइयो रसियाको नागरिकता
Photo : GETTY IMAGES

काठमाडौं : पूर्व अमेरिका गुप्तचर कन्ट्रयाक्टर एडवर्ड स्नोडेनलाई रसियाको नागरिकता दिइएको छ। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आदेशमा उनलाई रसियाली नागरिकता दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

एडवर्डमाथि सयं अमेरिका गोप्य दस्तावेजहरु चुहाएको आरोप छ। अमेरिकाले देश भित्र र विदेशमा कसरी गुप्तचर र अन्य स्रोतको प्रयोग गरेर निगरानी गर्छ भन्ने विषय ती दस्तावेजहरुमा खुलाइएको थियो।

अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका कागजपत्रहरु ‘लिक’ गराएपछि उनी सन् २०१३ देखि रसियामा बस्दै आएका छन्। एडवर्डलाई सन् २०२० मा स्थायी बसोवासको अधिकार दिइएको थियो। अमेरिकाले एडवर्डको पासपोर्ट र नागरिकता रद्द गरेको छ। अमेरिकामा उनीविरुद्ध कयौं मुद्दा दर्ता छन्।

एडवर्डले भने आफूलाई रसियाली नागरिकता दिइएको विषयबारे केही पनि सार्वजनिक रुपमा बताएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell