PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जानेको मैले जनयुद्ध नै हो!



पहिलोपोस्ट

जानेको मैले जनयुद्ध नै हो!

प्रचण्ड र बाबुरामको जोडी छुटेको धेरै भयो। प्रचण्ड माओवादीलाई हाँकिरहँदा बाबुराम नयाँ नयाँ पार्टी गठन गर्दै हिँडेका छन्। यता, चुनाव नजिकिएसँगै यी दुई साथी पनि नजिकिएका छन्। बाबुरामको पार्टी प्रचण्डको पार्टीको चुनाव चिह्नमा निर्वाचन लड्ने भएको छ। दुई पुराना साथीबिच त्यसयता विभिन्न चरणमा छलफल भएका छन्। प्रचण्डका अनुसार बाबुराम र उनीबिच फेरि नयाँ जनयुद्ध सुरु गर्नेबारे कुराकानी भएको छ। १० वर्षे जनयुद्धमा करिब १७ हजार मानिसको मृत्यु भएको थियो। सरकार र माओवादी पक्ष दुवैले हजरौँको ज्यान लिँदा प्रचण्डले पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। उनै प्रचण्डले फेरि जनयुद्ध सुरु गर्नुपर्ने घोषणा गरेपछि धेरैलाई प्रश्न सोधिरहेका छन् : अरु के नै जानेको छौ र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell