PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हत्या गरेर फरार अभियुक्त सात वर्षपछि समातिए



पहिलोपोस्ट

हत्या गरेर फरार अभियुक्त सात वर्षपछि समातिए

काठमाडौंः बर्दिया प्रहरीले हत्या अभियोगमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

गेरुवा गाउँपालिका- ४ बस्ने गंगाघर चालिसेको हत्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

२०७२ साउन १६ गते चालिसेलाई घारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका बुढाक्षेत्रीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत बर्दिया गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell