PahiloPost

May 15, 2024 | २ जेठ २०८१

विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई भादगाउँले टोपी लगाएर स्वागत



पहिलोपोस्ट

विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई भादगाउँले टोपी लगाएर स्वागत

काठमाडौं : भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरुको पहिलो समूहलाई स्वागत गरेका छन्। ४३ औं विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ पर्यटकलाई स्वागत गरिएको हो।

आज भक्तपुर दरबार स्क्वायर घुम्न आएका जर्मनीका एन्ड्री स्यान्डेज, अष्ट्रियाका रेबिका ट्रिट्ज र बुल्गेरियाका मिमि रेमोभा र जर्ज गोलेभलाई प्रजापतिले स्वागत गरेका हुन्।

पर्यटकहरुलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले पर्यटकहरुबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताए।

उनले काठमाण्डौं उपत्यकालाई प्रदुषण मुक्त, सफा र सुन्दर बनाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु पर्ने धारणा राख्दै भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक शहरको रुपमा विकास गर्ने उद्देश्यका साथ नगरपालिका काम गरिरहेको बताए।

सोही क्रममा भक्तपुर प्रवेश गर्ने पर्यटकहरुमध्ये एकजना प्रतिनिधिले भक्तपुरमा गरेको न्यानो स्वागत अविस्मरणीय भएको र सोको लागि धन्यवादज्ञापन गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell