PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मादक पदार्थ खाएर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान समातिए



पहिलोपोस्ट

मादक पदार्थ खाएर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान समातिए

धनुषा : श्रीमतीको हत्या अभियोगामा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell