PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

काठमाडौंको तार्केश्वरमा रहेको सुनचाँदी पसलमा लुटपाट, फरार रहेका लुटेराको खोजी गर्दै प्रहरी



पहिलोपोस्ट

काठमाडौंको तार्केश्वरमा रहेको सुनचाँदी पसलमा लुटपाट, फरार रहेका लुटेराको खोजी गर्दै प्रहरी

काठमाडौं : काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा रहेको गोसाईकुण्ड सुनचाँदी पसलमा लुटपाट भएको छ। सोमवार साँझ करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ लुटपाट भएको प्रहरीले जानकारी दिएको छ।

सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाइते बनाएर उनको साथबाट धनमाल लुटपाट गरी फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाएको थियो।

साथै, प्रहरीले घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ। प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell