PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

अञ्जनको ह्याट्रिकमा पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० को अग्रता



पहिलोपोस्ट

अञ्जनको ह्याट्रिकमा पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० को अग्रता
थ्री नेशन्स कपमा नेपाल र बंगलादेशी टोली प्रतिस्पर्धा गर्दै। फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबिचको मैत्रीपूर्ण खेल अहिले जारी छ। किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोली र जमल भुयनको कप्तानीमा रहेको बंगलादेशी टोली दशरथ रंगशालामा आमनेसामने भएका हुन्।

अहिले पहिलो हाफको खेल सकिएको छ। पहिलो हाफमा नेपालले ३-० ले अग्रता लिएको छ।

१७औँ मिनेटमा बंगलादेशका कप्तान भुयनको प्रहार गोल पोस्टमा ठिक्किएर बाहिरिएको थियो।

१९औँ मिनेटमा विमल घर्ती मगरको पासमा अञ्जन विस्टले नेपालका लागि पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए। २३ औँ मिनेटमा तेज तामाङको प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले बचाउने क्रममा रिफ्लेक्ट भएको बललाई अञ्जनले जाली चुमाएका थिए।

त्यस्तै, ३६औँ मिनेटमा सुमन अर्यालको पासमा हेडिङमार्फत गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell