PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश ३-१ ले पराजित, अञ्जन विष्टको ह्याट्रिक



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश ३-१ ले पराजित, अञ्जन विष्टको ह्याट्रिक

काठमाडौंः नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपाल ३(१ गोल अन्तरले विजयी भएको हो। नेपालका लागि सबै गोल अञ्जन विष्टले गरे।  

नेपालले तीनै गोल पहिलो हाफमा गरेको थियो। बंगलादेशले दोस्रो हाफमा १ गोल फर्काएको थियो। 

नेपालले खेलको १९औँ मिनेटमा गोलको खाता खोलेको थियो।  विमल घर्ती मगरको पासमा अञ्जनले नेपालका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। 

२३औँ मिनेटमा तेज तामाङको प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले बचाउने क्रममा रिफ्लेक्ट भएको बललाई अञ्जनले जाली चुमाएका थिए।

त्यस्तै, ३६औँ मिनेटमा सुमन अर्यालको पासमा हेडिङमार्फत गोल गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए। 

मैत्रीपूर्ण खेलमार्फत नेपालका दुई खेलाडीले डेब्यू गरेका छन्। आशीष चौधरी र ऋतिक खड्काले डेब्यू गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell