PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालको जितमा ह्याट्रिक गरेका बिस्टले भावुक हुँदै भने: म 'फिलिङ्स' बयान गर्न सक्दिन, पाठ सिक्ने अवसर थियो, सिकेँ



पहिलोपोस्ट

नेपालको जितमा ह्याट्रिक गरेका बिस्टले भावुक हुँदै भने: म 'फिलिङ्स' बयान गर्न सक्दिन, पाठ सिक्ने अवसर थियो, सिकेँ

काठमाडौं: नेपाली राष्ट्रिय टोलीले मंगलवार सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि ३-१ गोलको सानदार जित निकाल्यो। नेपालको जितमा ह्याट्रिक गर्दै नायक बने अञ्जन बिस्ट। पहिलो हाफमै ह्याट्रिक पुरा गरेका उनी खेलपछि भने भावुक सुनिए।

खेलपछि उनले आफ्नो 'फिलिङ्स' बयान गर्न नसकेको बताए।

'म तपाईहरुलाई बयान गर्न सक्दिन। कति पछि मैले खेल्न पाएँ? विगतमा के कुरा भए सम्झिन चाहन्न,' खेलपछि भावुक बनेका बिस्टले भने, 'यस्तै कुराहरुले रहेछ अझ बलियो बनाउने। यो फिलिङ्सहरु आफ्नो शब्दमा बयान गर्न सक्दिन।एकदम धेरै नै खुशी छु।'

पछिल्ला घटना क्रमले आफूलाई धेरै पाठ सिकेको उनले बताए।

'म अझै खेल्छु। म डिजर्भ गर्छु नेपालका लागि। मलाई जीवन उतारचडाब हो भन्ने लाग्छ। मेरो पनि त्यो 'डाउन फेज' थियो,' उनले भने, 'एउटा पाठ सिक्ने अवसर थियो। र, सिकेँ पनि। मैले भने नि जस्तो अवस्थामा पनि म नेपालका लागि फुटबल खेल्छु। यदि नेपालले चाहन्छ भने म सँधैभरी हुनेछु।'

८ हजार बढी दर्शकहरुका बीच सम्पन्न खेलमा नेपालले सहज जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको १७ औं मिनेटमा बंगलादेशका कप्तान जमल भुयानको प्रहार गोलपोस्टमा ठोक्किँदै बाहिरिएको थियो।

१८ औं मिनेमा बिमलको पासमा अन्जन बिस्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए। खेल २७ औं मिनेटमा तेज तामाङको प्रहार बंगलादेशी गोल गोलकिपर अनिसुर रहमानले जोगाउने क्रममा डिफ्लेक्ट भएको बललाई अन्जनले गोल गरे। ३८ औं मिनेटमा सुमन अर्यालको पासमा हेडिङमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे। ५७ औं मिनेटमा डिफेन्डर र गोलकिपरबीचको असमझदारीको फाइदा उठाउँदै सज्जाद हुसैनले गोल गरे। र, पुरा गरे अञ्जनले ह्याट्रिक।

'यो खेलमात्र थिएन। धेरै पछि राष्ट्रको झण्डा छातिमा राखेर खेलेको थिएँ। अहिले जुन जोसले खेलेको थिएँ, पहिला पनि त्यहि जोसले खेल्थे र पछि पनि त्यही जोसले खेल्नेछु।' उनले भने।

राष्ट्रिय टोलीबाट आफ्नो पहिलो ह्याट्रिक गरेका उनलाई करियरको कतिऔं ह्याट्रिक भन्ने थाह छैन। 'सायद पाँचौं/छैटौं होला कि?' उनले भने।

अञ्जन अलमुताइरी र १० सिनियर खेलाडीबीचको टसलमा राष्ट्रिय टोलीबाट निकालिएका थिए। पछिल्लो समय नेपालले एसिया कप छनोट खेल्दा उनीलगायत आजको खेलमा मैदान उत्रिएका अधिकांश खेलाडी टिमभन्दा बाहिर थिए।

उनले जितको श्रेय खेलाडीलाई राष्ट्रबादका पाठ पत्रकारलाई पढाए। दौरासुरुवाल र ढाका टोपीमा टचलाइन सम्हालेका उनले पत्रकारसम्मेलनमा भने असन्तुस्टी पोखेका थिए। 

हुमागाइँ र बिस्ट दुबैले जित दशैको उपहार भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell