PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै



पहिलोपोस्ट

कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूह पार्टी कार्यालयमा धर्नामा बस्दैछ। बुधवार दिउँसो १२ बजे डा शेखर पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बस्न लागेका हुन्।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ। यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउन पटकपटक भेला तथा छलफलसमेत आयोजना गरेको थियो।

यद्यपि पार्टीले सुनुवाई नगरेकाले नेताहरु धर्नामा बस्न बाध्य भएको कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए। संस्थापन पक्षले भने मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सबैको सहमतिमा समानुपातिक सूची तयार पारिएको जनायो।

'प्रतिनिधिसभा कार्य समितिबाट जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आएका नामहरु उपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको हो,' पत्रकार सम्मेलनपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell