PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

पोर्चुगलमाथि स्पेनको संघर्षपूर्ण जित, नेशन्स लिगको अन्तिम चारमा कोको?



पहिलोपोस्ट

पोर्चुगलमाथि स्पेनको संघर्षपूर्ण जित, नेशन्स लिगको अन्तिम चारमा कोको?
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा स्पेनले पोर्चुगलमाथि जित निकालेको छ। स्टेडियो म्युनिसिपल डी ब्रागामा सम्पन्न खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेल खेलमा स्पेनलाई जित दिलाउन अल्भेरो मोराटाले ८८ औं मिनेटमा निर्णायक गोल गरे।

समूह 'बी' कै अर्को खेलमा स्वीजरल्याण्डले चेक रिपब्लिकलाई २-१ गोलले हरायो। खेलको २९ औं मिनेटमा रेमो फ्रेउलेरको गोलमा अग्रता बनाएको स्वीजरल्याण्डका लागि दोस्रो गोल ब्रील एम्बोलोले ३० औं मिनेटमा गरेका थिए। अर्कतर्फ चेक रिपब्लिकका प्याट्रिक एसचिकले ४५ औं मिनेटमा गोल गरे पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन।

योसँगै समूह 'बी' बाट विजेता बन्दै स्पेन अन्तिम ४ मा प्रवेश गरेको छ। स्पेनले ११ अंक जोड्दा पोर्चुगलले १०, स्वीजरल्याण्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोडेका छन्। चेक रिपब्लिक भने रेलिगेशनमा परेको छ।

आजको खेलसँगै नेशन्स लिगको अन्तिम चार टोलीको टुंगो लागेको छ। समूह 'ए' बाट क्रोएसिया, 'बी' बाट स्पेन, 'सी'बाट इटली र 'डी' बाट नेदरल्याण्ड्सले अन्तिम चारमा स्थान बनाए। यिनै समूहबाट अस्ट्रिया, चेक रिपब्लिक, इङ्ग्ल्याण्ड र वेल्स रेलिगेशनमा परे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell