PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुद उद्घाटनका लागि राष्ट्रपतिलाई निम्तो
तस्बिर : राखेप

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पठाइएको छ। राष्ट्रपति भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शितल निवासमा निमन्त्रणा पत्र प्रदान गरेका हुन्। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य दीपेन्द्र विष्ट उपस्थित थिए।

पोखरा रंगशालामा असोज २८ गते हुने नवौं राष्ट्रिय खेलकुदको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन् गर्ने कार्यक्रम अनुसार निमन्त्रणा गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell