PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नवौं राष्ट्रिय खेलकुदका लागि ९ हजार जनाको बिमा



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुदका लागि ९ हजार जनाको बिमा
तस्बिर: राखेप

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बिमा गर्ने भएको छ। त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

विमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन्।

बिमाको अवधि १ महिना रहेको छ। प्रत्येकको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हो। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell