PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'२ नम्बरी' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'२ नम्बरी' को ट्रेलर सार्वजनिक

काठमाडौं : दिपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ। असोज २१ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर कमेडी र रोमान्सले भरिएको छ।

दयाहाङ राई र सौगात मल्लबिचको मित्रता र नोकझोक, दुई साथीहरुले पैसा कमाउन जंगली पशुपंक्षीको शिकार गर्नेदेखि अभिनेत्रीहरूसँगको मायाप्रेमलाई ट्रेलरमा समेटिएको छ।

फिल्ममा सौगात र दयाहाङका साथै उपासना सिंह ठकुरी र उगेन छोदेन, वुद्धि तामाङ, पुष्कर गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङलगायतका कलाकारहरूको अभिनय छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell