PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने



पहिलोपोस्ट

साम्राज्ञी र पुष्प अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ बाट प्रदर्शन हुने

काठमाडौं : निर्माता तथा निर्देशक रमेश एमके पौडेल फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति तय भएको छ। पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो फिल्म आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको हो।

रमेश एम. के. पौडेलको प्रस्तुति रहेको फिल्ममा साम्राज्ञी र पुष्पका साथै सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन कलाकारहरुको अभिनय रहनेछ।

आर्यन फिल्मस् प्रा. लि. र बोधी एच. डी को ब्यानरमा बनेको फिल्मको कथा सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेका हुन।

पासाङ लामाले निर्माण गरेको फिल्ममा सबिर श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। फिल्ममा निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल, सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell