PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँट टुङ्ग्याउने तयारी



पहिलोपोस्ट

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँट टुङ्ग्याउने तयारी
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सत्तारुढ दलहरुबीच अझै पनि सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन। सत्तारुढ पाँच दल चुनावी तालमेलमा जाने सहमतिका साथ सिट बाँडफाँडमा भने अझै सहमति जुट्न नसकेको हो।

बुधवार बिहान पनि सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँडका लागि बनेको ११ सदस्यीय कार्यदलको बैठक जारी छ। यसअघिका बैठकमा चाँडै निष्कर्षमा पुग्ने बताउँदै आएको नेताहरुले आजको बैठकलाई पनि निर्णायक भनेका छन्।

यद्यपि समानुपातिक सूची सच्याएर बुझाउने अन्तिम दिन आइतवारका लागि तोकिएको छ। त्यसैगरी प्रत्यक्षतर्फ असोज २३ गते मनोनय दर्ता गर्नुपर्ने कार्यतालिका रहेको छ। सत्तारुढ दलहरुलाई यही हप्ता नै प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँट सकाउनुपर्ने बाध्यता रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell