PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

द भ्वाइसमा नेपाली मूलकी परिजिताको चर्चा, कोचहरुलाई दिइन रुद्राक्षको माला



पहिलोपोस्ट

द भ्वाइसमा नेपाली मूलकी परिजिताको चर्चा, कोचहरुलाई दिइन रुद्राक्षको माला

नेपाली मूलकी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा प्रस्तुति दिएकी छन्। परिजिताले ब्लाइन्ड अडिसनमा आफ्नो लोभलाग्दो प्रस्तुती दिएर चारैजना कोच फर्काउन सफल भइन।

आफूलाई नेपाली भनेर चिनाएकी १७ वर्षीया परिजिताले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन्। उनको गीत सुनेर चारैजना कोचले खुलेर प्रशंसा गरे।

चारैजना कोचलाई परिजिताले नेपालबाट ल्याएको रुद्राक्षको माला समेत लगाइदिएकी थिइन्। आफूले नेपाली संगीत सुन्ने बताउँदै उनले मनपर्ने जनरा 'आरएण्डबी' रहेको समेत बताइन्। उनको भ्वाइसमा दिएको प्रस्तुतीको अहिले चौतर्फी चर्चा भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell