PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

इरानमा हिजाव क्रान्ति : सुरक्षाकर्मीको कारवाहीमा ७६ जनाको मृत्यु



पहिलोपोस्ट

इरानमा हिजाव क्रान्ति : सुरक्षाकर्मीको कारवाहीमा ७६ जनाको मृत्यु
Photo : Getty Images

इरानमा एक महिलाको निधन पछि सुरु भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीको कारवाहीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। ११ दिनदेखिको 'हिजाव क्रान्ति'का क्रममा सुरक्षाकर्मीले धरपकड बढाएको छ।

इरानका ८० भन्दा बढी शहरमा अहिले महिलाहरको नेतृत्वमा आन्दोलन भइरहेको छ। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाइरहेका छन् भने कपाल काटिरहेका छन्।

तीन दिन कोमामा बसेर महशा अमिनिको निधन भएपछि इरानमा प्रदर्शन भएको हो। उनलाई इरानको 'मोरालिटी पुलिस'ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले 'डिटेन्सन सेन्टर' पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्।

प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको संयुक्त राष्ट्रसंघको कार्यवाहक मानवअधिकार कमिस्नर नडा अल नशिफले जनाएकी छिन्। तर, प्रहरीले भने सो दाबी अस्वीकार गरेको छ। प्रहरीदे ह्द्यघातका कारण उनको निधन भएको जनाएको छ। अमिनिको परिवारले भने उनी स्वास्थ रहेको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell