PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न थाल्यो, बिहानैदेखि किन्नेहरुको चहलपहल

खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न थाल्यो, बिहानैदेखि किन्नेहरुको चहलपहल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसी बोका र च्याङ्ग्रा  बिक्री आजबाट शुरु गरेको छ।

कम्पनीले मंगलवार बिक्री गर्ने गरी मूल्य तोकेको थियो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए।

खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकिएको छ। त्यस्तै, च्याङ्ग्राको मूल्यप्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ।

कम्पनीले यो दशैँमा करिब २ हजार वटा खसीबोका र १ हजार वटा च्याङ्ग्रा बेच्ने भनेकोमा ६ सय वटा च्याङ्ग्रा र १८ सय वटा खसीबोका बेच्ने भएको नायव महाप्रबन्धक खनालले बताए। कम्पनीले खसीबोकाको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ।

यो वर्ष खसीबोकाको मूल्य गतवर्षको दशैँको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell