PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना



पहिलोपोस्ट

समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै डा शेखर कोइराला समूहको सानेपामा धर्ना

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ। डा शेखर पक्षका नेताहरुले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका हुन्।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ। यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउन पटक-पटक भेला तथा छलफलसमेत आयोजना गरेको थियो।

यद्यपि, पार्टीले सुनुवाई नगरेकाले नेताहरु धर्नामा बस्न बाध्य भएको कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए। संस्थापन पक्षले भने मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सबैको सहमतिमा समानुपातिक सूची तयार पारिएको जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell