PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रिचा र अलीको विवाहमा 'दिल्लीवाला' मेनु, रजौरी गार्डेनकी छोले भटुरेदेखि नटराजकी चाटसम्म



पहिलोपोस्ट

रिचा र अलीको विवाहमा 'दिल्लीवाला' मेनु, रजौरी गार्डेनकी छोले भटुरेदेखि नटराजकी चाटसम्म

भारतीय कलाकार रिचा चड्डा र अली फजलबिच विवाह हुँदैछ। हाल उनीहरुबिचको विवाहको तयारी चलिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

प्रि वेडिङ कार्यक्रममा यी दुईजनाले आफ्ना आफन्त र पाहुनालाई 'दिल्लीवाला' सत्कार दिने तयारी गरेका छन्। एएनआइका अनुसार उनीहरुले पाहुनाहरुका लागि दिल्लीको सबैभन्दा प्रख्यात खानेकुराहरु मेनुमा राख्न लगाएका छन्।

विवाह मेनुमा रजौरी गार्डेनकी छोले भटुरे र नटराजकी चाटसमेत हुनेछ।

पंजाबको अमृतसरमा जन्मिएकी रिचा दिल्लीमा हुर्केकी हुन्। बलिउड फिल्ममा निर्भिक भूमिका निर्वाह गर्दै आएकी रिचाको भेट अलिसँग सन् २०१२ मा भएको थियो। फुक्रे फिल्मको सेटमा भेट भएपछि उनीहरु प्रेममा परेका थिए।

सन् २०२० को अप्रिलमा नै उनीहरुबिच विवाह हुने बताइएको थियो। तर कोरोना महामारीका कारण विवाह कार्यक्रम स्थगित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell