PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वाग्मती प्रदेश प्रमुख शर्माले गरे प्रदेश स्वास्थ्य सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी



पहिलोपोस्ट

वाग्मती प्रदेश प्रमुख शर्माले गरे प्रदेश स्वास्थ्य सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

हेटौँडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।

वाग्मती प्रदेशको मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि ११ असोज २०७९ मा पेश हुन आएको अध्यादेश प्रमुख शर्माले बुधवार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी कामकारबाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ।

अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell