PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

अमेरिकी उपराष्ट्रपति कमला सियोल पुग्नु अघि उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रक्षेपण



पहिलोपोस्ट

अमेरिकी उपराष्ट्रपति कमला सियोल पुग्नु अघि उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक मिसाइल प्रक्षेपण
Photo : KCTV

 उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन्। दक्षिण कोरियाली अधिकारीहरुले 'इस्ट सी'मा मिसाइल प्रहार भएको दाबी गरेका हुन्।

बिहीवार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरियाली राजधानी सियोल पुग्दैछिन्। यस्तै,  'इस्ट सी'मा अमेरिकी र दक्षिण कोरियाली सेनाबिच सैन्य अभ्यास पनि भइरहेको छ। ह्यारिसको दक्षिण कोरिया भ्रमण र सैन्य अभ्यास चल्दै गर्दा उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो।

भ्रमणका क्रममा ह्यारिस अन्तर कोरियाली 'डिमिलिटिएराइज्ड जोन'मा पनि जाने कार्यक्रम तय भएको छ। सोमबार ह्यारिसले दक्षिण कोरियालका प्रधानमन्त्री हान डक सुसँग भेटवार्ता गर्ने छिन्।

तीन दिन अघि पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेषण गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell