PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

रानीवनस्थित फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा : पाँचवटा ग्यास विस्फोटपछि लागेको थियो आगो, ३० लाखको क्षति



पहिलोपोस्ट

रानीवनस्थित फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा : पाँचवटा ग्यास विस्फोटपछि लागेको थियो आगो, ३० लाखको क्षति
तस्विर : नेपाल प्रहरी

काठमाडौं : नागार्जुन नगरपालिकाको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। पाँचवटा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि जुद्धवारुण यन्त्रको दमकल सहित नेपाली सेनाको दमकल र अन्य पानी ट्याङकरको प्रयोग भएको प्रहरीले जनाएको छ। हाल आगलागी नियन्त्रणमा आइसकेको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजु र स्वयम्भूबाट क्विक रेस्पोन्स टिम परिचालन गरी आगलागी नियन्त्रणको प्रयास गरिएको हो। आगलागी स्थलमा १५० जना सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भएको थियो।

आगलागीबाट एएलजी फर्निचरको दराज, सोफासेट र अन्य तयारी फर्निचर गरि २५ लाख रुपैयाँ बराबरको सामाग्रीको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै, आगलागीका कारण उद्योगसँगै रहेको जितेन्द्र लामाको घरमा पनि क्षति पुगेको छ। सो घरमा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell