PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

वाग्मती प्रदेशमा डेंगीको संक्रमण सबैभन्दा धेरै, कुन प्रदेशमा कति?



पहिलोपोस्ट

वाग्मती प्रदेशमा डेंगीको संक्रमण सबैभन्दा धेरै, कुन प्रदेशमा कति?

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। साउनदेखि हालसम्म २७ हजार ५६९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

डेंगी सबैभन्दा बढी वाग्मती प्रदेशमा देखिएको छ। असोज ११ गतेसम्मको तथ्यांकअनुसार वाग्मतीमा २१ हजार ५८९ जनामा डेंगी देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेंगी देखिएको मन्त्रालयले जानकारी दियो।

यसैबिच, पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ८१८ जनामा परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell