PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति?



रमेश पराजुली

लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता, कुन निर्वाचन क्षेत्रमा कति?
फाइल फोटो।

बुटवल : आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि जिल्ला र निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले पनि हरेक क्षेत्रमा आफ्नो सक्रियता र निर्वाचन गतिविधि बढाएका छन्।

विगतमा राजनीतिक दलका नेताहरुका बिचमा केन्द्रित रहने निर्वाचनको चर्चा यसपटक स्वतन्त्र उम्मेदवारसम्म तन्किएको छ। प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा आगामी निर्वाचनमा ३२ लाख बढी मतदाता सहभागी हुनेछन्।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशका १२ जिल्लामा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन्। जसमध्ये पुरुष मतदाता १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य मतदाता ३४ जना रहेका छन्। निर्वाचन आयोगले निर्वाचनको लागि प्रदेशभर १ हजार ६४९ मतदानस्थल र ३ हजार ८६१ मतदान केन्द्र तय गरेको छ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला रुपन्देही हो। यहाँ प्रतिनिधिसभातर्फ पाँच र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन्। अर्घाखाँची, प्यूठान, रोल्पा, रुकुम पूर्वमा प्रतिनिधिसभातर्फ एक/एक वटा र प्रदेशसभातर्फ दुई/दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।

त्यस्तै, गुल्मी, पाल्पा, नवलपरासी (पश्चिम) र बर्दियामा प्रतिनिधिसभातर्फ दुई/दुई वटा र प्रदेशसभातर्फ चार/चार वटा निर्वाचन क्षेत्र रहेका छन्। कपिलवस्तु, दाङ र बाँकेमा प्रतिनिधिसभातर्फ तीन/तीन वटा र प्रदेशसभातर्फ छ/छ वटा निर्वाचन क्षेत्र रहेका छन्।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता?

रुपन्देहीको क्षेत्र नम्बर १ (क) मा ७२ हजार २११ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ६७ हजार ३४९ मतदाता रहेका छन्। रुपन्देही क्षेत्र नम्बर २ (क) मा ६३ हजार ५०३ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ६३ हजार ३०४ मतदाता रहेका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ (क)मा ६५ हजार ५१३ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ३ (ख)मा ६७ हजार २७८ मतदाता रहेका छन्। रुपन्देहीकै क्षेत्र नम्बर ४ (क) मा ५३ हजार ३८९ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ४ (ख) मा ५७ हजार २७० मतदाता रहेका छन्। रुपन्देही क्षेत्र नम्बर ५ (क) मा ७४ हजार ६५९ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ५ (ख) मा ५४ हजार ४७६ मतदाता रहेका छन्।

त्यस्तै, पाल्पाको क्षेत्र नम्बर १ (क) मा ४९ हजार २५१ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ४६ हजार ७८२ मतदाता रहेका छन्। पाल्पा क्षेत्र नम्बर २ (क) मा ५६ हजार १२० मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ४९ हजार १७३ मतदाता रहेका छन्।

यस्तै, गुल्मीको क्षेत्र नम्बर १ (क) मा ५७ हजार ५७९ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ६१ हजार ७०९ मतदाता रहेका छन्। गुल्मी क्षेत्र नम्बर २ (क) मा ५१ हजार ९०४ मतदाता छन् भने क्षेत्र नम्बर २ (ख) मा ५२ हजार ४२३ मतदाता रहेका छन्।

त्यसैगरी, नवलपरासी (पश्चिम) को क्षेत्र नम्बर १ (क) मा ६५ हजार ११६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ५३ हजार १३४ मतदाता रहेका छन्। नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ (क) मा ६६ हजार ५०२ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ५६ हजार १७८ मतदाता रहेका छन्।

यसैगरी, कपिलवस्तुको क्षेत्र नम्बर १ (क) मा ७९ हजार ४५३ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ६१ हजार ५६० मतदाता छन्। कपिलवस्तु क्षेत्र नम्बर २ (क) मा ६४ हजार ५१७ मतदाता छन् भने क्षेत्र नम्बर २ (ख) ५७ हजार १५९ मतदाता छन्। क्षेत्र नम्बर ३ (क) मा ६१ हजार ५८ र क्षेत्र नम्बर ३ (ख) मा ५४ हजार ४८५ मतदाता छन्।

यता, अर्घाखाँचीको क्षेत्र नम्बर १ (क) मा ७८ हजार २८६ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ८६ हजार ४८२ मतदाता रहेका छन्।

यस्तै, दाङको क्षेत्र नम्बर १ (क) मा ७० हजार २६७ मतदाता छन् भने क्षेत्र नम्बर १ (ख) मा ६४ हजार ४६६ मतदाता छन्। क्षेत्र नम्बर २ (क)मा ६३ हजार ३२२ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ७० हजार ४२६ मतदाता रहेका छन्। दाङ क्षेत्र नम्बर ३ (क) मा ६६ हजार ४८६ र क्षेत्र नम्बर ३ (ख) मा ७९ हजार ९८९ मतदाता छन्।

त्यस्तै, बाँकेको क्षेत्र नम्बर १ (क) मा ५५ हजार ८४५ मतदाता र क्षेत्र नम्बर १ (ख) मा ६५ हजार २५५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ (क) मा ५० हजार ३१३ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ४७ हजार ४९६ मतदाता रहेका छन्। बाँके क्षेत्र नम्बर ३ (क) मा ६१ हजार ५९६ मतदाता रहँदा क्षेत्र नम्बर ३ (ख) मा ५१ हजार ७२६ मतदाता छन्।

त्यसैगरी, बर्दियाको क्षेत्र नम्बर १ (क) मा ८१ हजार ९१९ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा ८० हजार ७४३ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ (क) मा ८१ हजार ६६१ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ (ख) मा ७० हजार ९६१ मतदाता रहेका छन्।

यसैगरी, प्यूठानको क्षेत्र नम्बर १ (क) मा ७४ हजार ६६३ र क्षेत्र नम्बर १ (ख) मा ८५ हजार ९७ मतदाता रहेका छन्। रोल्पाको क्षेत्र नम्बर १ (क) मा ६८ हजार १६४ मतदाता रहँदा क्षेत्र नम्बर १ (ख) मा ७७ हजार ३०७ मतदाता रहेका छन्।

त्यस्तै, रुकुम (पूर्व) को क्षेत्र नम्बर १ (क) मा १७ हजार ७७७ मतदाता रहेका छन् भने क्षेत्र नम्बर १ (ख) मा १६ हजार ३३५ मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell