PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गायक दीपक खरेलको कमब्याक गीत ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’



पहिलोपोस्ट

गायक दीपक खरेलको कमब्याक गीत ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’

काठमाडौं : चर्चित गीत ‘तिम्रो त्यो हँसिलो मुहार’का गायक दीपक खरेलले नयाँ गीत ल्याएका छन्। खरेलकै आवाजमा ‘मन सरोवर’ र ‘हर श्वास प्रश्वास’ बोलका दुई गीतहरु पछिल्लो समय बजारमा छन्।

दुवै गीतमा उनकी श्रीमती शिला रिजाल खरेलको शब्द/रचना रहेको छ। साथै, हरि लम्सालले गीतमा संगीत भरेका छन्। दुवै रोमान्टिक गीतले मायाप्रेमका कुराहरू समेटेका छन्।

यी गीतहरूमार्फत खरेलले दुई वर्षपछि संगीतमा कमब्याक गरेका हुन्।

उनले भने, ‘कोरोनाअघि ‘माइम्युजिकल ओडिसी’ एल्बम निकालेको थिएँ। त्यसपछि कोरोना नै आयो। कोरोनाका कारण दुई वर्ष त्यसै गयो। त्यसैले यी गीतहरुलाई दुई वर्षपछिको कमब्याककै रुपमा हेरेको छु। गीतहरु रोमान्टिक मेलोडी रहेको छ। अब अरु गीतको तयारीमा पनि छु।’

सांगीतिक क्षेत्रमा सक्रिय भएता पनि भाइरल ट्रेन्डले राम्रो गीत पनि ओझेलमा पर्ने गरेको खरेलको दुखेसो छ। भिडियो निर्माण गर्न खर्च हुने भएकाले लिरिकल भिडियो बनाएको समेत उनले सुनाए।

दीपक खरेल युट्युव अकाउण्टमार्फत गीतको लिरिकल भिडियो हेर्न सकिन्छ। दुवै गीतको लिरिकल भिडियोलाई अनिल स्थापितले तयार पारेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell