PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने



रासस

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने
फाइल फोटो।

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन सम्बन्धित सबैमा प्राधिकरणले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको छ। दशैँ नजिकिएसँगै अहिले विमानस्थललगायत काठमाडौंका विभिन्न स्थानमा चङ्गा उडाउने कार्य तीव्र रुपमा चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell