
बुटवल : पाल्पाको रैनादेवी गाउँपालिका ४ छहरामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बिरेन्द्र थापाका अनुसार बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ख १४३१ नम्बरको जीप बिहान किरब ५ बजेतिर भैरव मावि छहराको निर्माणाधिन भवनमाथि दुर्घटना भएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। जीपमा १० जना यात्रु सवार थिए।
राति १२ बजे बुटवलबाट जुठापौवाको लागि छुटेको जीप दुर्घटनाको कारण खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएको डिएसपी थापाले बताए।