
काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन आज सचिवालय बैठक डाकेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक ३ बजे बस्ने सचिवालयले जनाएको छ।
बैठकमा घोषणापत्र निर्माणको विषयमा समेत छलफल हुने बताइएको छ। बुधवारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको हो।