PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु



रासस

चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु

चितवन : चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीका कारण मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण मृत्यु भएको थियो।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। उनीहरुमध्ये चार सय ५९ चितवनका छन्। बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन्। चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell