PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु



पहिलोपोस्ट

थपिए ५४० जना डेंगी संक्रमित, हालसम्म ३८ जनाको डेंगीका कारण मृत्यु

काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्।

साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

डेंगी सबैभन्दा बढी वाग्मती प्रदेशमा देखिएको छ। असोज १२ गतेसम्मको तथ्यांकअनुसार वाग्मतीमा २१ हजार ९७५ जनामा डेंगी देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिममा ८५०, प्रदेश १ मा ८२९, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णालीमा २३८ जनामा डेंगी देखिएको मन्त्रालयले जानकारी दियो।

यसैबिच, पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६७८ जनामा परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell