PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सरकारी अस्पताल र स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले एकै दिन बाँड्यो साढे पाँच लाख चक्की सिटामोल, कहाँ कति?



पहिलोपोस्ट

सरकारी अस्पताल र स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले एकै दिन बाँड्यो साढे पाँच लाख चक्की सिटामोल, कहाँ कति?

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पाँच लाख ५० हजार चक्की सिटामोल वितरण गरेको छ। डेङ्गीको उच्च संक्रमणबीच उपत्यकामा सिटामोल समेत अभाव भएको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयले वितरण गरेको हो।

मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न सरकारी र सामुदायिक अस्पताल तथा तीनै जिल्लाका स्थानीय तहलाई निःशुल्क रुपमा उक्त मात्रामा सिटामोल वितरण गरेको हो। 

निःशुल्क वितरणका लागि अस्पतालहरुलाई मन्त्रालयले पारासिटामोल उपलब्ध गराएको हो। 

मन्त्रालयले औषधिको उत्पादन र सहज वितरणका लागि निजी स्वास्थ्य संस्था, फार्मेसी र औषधि उद्योगलाई आग्रह पनि गरेको छ। 
कहाँ कति सिटामोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell