PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

ओलीको घरमा मध्यरातसम्मै एमालेको सचिवालय बैठक



पहिलोपोस्ट

ओलीको घरमा मध्यरातसम्मै एमालेको सचिवालय बैठक
फाइल फोटो

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेको सचिवालयको बैठक बसिरहेको छ। साँझ सुरु भएको बैठक मध्यरातसम्मै लम्बिएको हो। यसअघि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो। नभ्याइएको भन्दै उक्त बैठक केही घण्टा पछि सारिएको थियो।

एमालेले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बोलाएको हो। एमालेका शीर्ष नेताका बीचमा उम्मेदवारका बारेमा छलफल हुँदै आएको छ। बिहीबारको बैठकले उम्मेदवारबारे टुंगो लगाउने गृहकार्य गरिरहेको एमालेका नेताहरुले बताएका छन्। एमालेले सातवटै प्रदेश र संघको समानुपातिक निर्वाचनको बन्दसूची निर्वाचन आयोगमा बुझाएको थियो। उक्त सूचीपछि एमाले प्रत्यक्ष तर्फको संघमा १६५ र प्रदेशमा ३३० जनाको नाम चयनका लागि गहकार्य गरिरहेको छ। 

एमालेका अरु बैठकहरु पार्टी कार्यालय च्यासलमा बस्ने गरेको भए पनि ओलीले सचिवालयको बैठक भने आफ्नै निवास बालकोटमा बोलाउने गरेका छन्। उनी प्रधानमन्त्री भएका बेलामा सरकारी निवास बालुवाटारमै अधिकांश पार्टीका गतिविधि सञ्चालन गर्ने गरेका थिए। प्रधानमन्त्रीबाट हटेपछि उनले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी च्यासलमा बोलाउने गरेको भए पनि सचिवालयको बैठक बोलकोटमा बोलाउने गरेका छन्। 

एमालेले पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग सहकार्यका लागि संवाद गरिरहेको छ। यसअघि सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको थियो। एमालेको चुनाव परिचालन कमिटी र  घोषणापत्र मस्यौदासमितिको संयोजकमा ओली नै छन्।

यस्तै एमालेभित्र १० बुँदे सहमतिमार्फत पार्टीमा सक्रिय भएका नेता र पूर्व माओवादीबाट आएकालाई चुनावमा टिकट दिन ओलीले आनाकानी गरेको बताइन्छ। तर, यी दुबै समूहका नेताहरुले औपचारिक रुपमा भने प्रतिक्रिया दिएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell