PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

'नालापानी' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'नालापानी' को ट्रेलर सार्वजनिक

काठमाडौं : ऐतिहासिक कथावस्तुमा बनेको फिल्म ‘नालापानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईं र बहादुरीको कथालाई देख्न सकिन्छ।

तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई रिमेश अधिकारीको निर्देशन गरेका हुन्। यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित छ।

फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर यो फिल्म निर्माण गरेका हुन्। यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्डसमेत पाएको थियो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया लगायतका कलाकारहरूको अभिनय रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell