PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

राजनीतिमा 'कोर्स करेक्सन' आवश्यक : पूर्वराजा ज्ञानेन्द्र, देशले सही पात्र खोजिरहेको छ



पहिलोपोस्ट

राजनीतिमा 'कोर्स करेक्सन' आवश्यक : पूर्वराजा ज्ञानेन्द्र, देशले सही पात्र खोजिरहेको छ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा कोर्स करेक्सन आवश्यक देखिएको बताएका छन्। दसैंको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रियता र इतिहास नै संकटापन्न अवस्थामा पुगेको उल्लेख गर्दै कोर्स करेक्सन आवश्यक रहेको बताएका हुन्।

'डेढ दशको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ। हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ। हाम्रा मौलिक धार्मिक संस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ,' पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

उनले परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएकोसमेत बताएका छन्। देशमा व्यप्त भ्रष्टचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको उनको आरोप छ।

राजनीतिक दल पदलोभ र भागबण्डा गरेर आफ्नै सुविधातिर केन्द्रित हुन लागेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसले देशको हालत कस्तो होला भनी प्रश्नसमेत गरेका छन्।

'पदलोभ सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेका लागि राजनीति केन्द्रित हुँदै गए पछि देशको स्थिति र जनताको हालत के हुन्छ?' पूर्वराजा शाहले भनेका छन्, 'देशकाप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधिव्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ।'

अहिलेको समय असजिलोसँग वितिरहेकोसमेत उनको दाबी रहेको छ। 'हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग वितिररहेकोजस्तो लाग्दैन,' पूर्वराजाले भनेका छन्, 'बहुदलीय संसदीय प्रणालीमा जनताको आशा र आकंक्षामा अनुरुप संगठित राजनीतिक दलहरु हुन्छन। विभिन्न तहकाप्रतिनिधिहरु स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिध्वत हुन्छ। र तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ।'

देशको वर्तमान अवस्थाबाट जनतामा उत्साह नभएको र भविष्यको पनि कुनै भरोसा नभएको उनको ठहर छ।

'कार्यपालिका व्यवस्थापिक र न्यायापालिकाका भित्र उत्पन्न विवाद विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ,' उनले भनेका छन्, 'यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन।'

प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने उल्लेख गर्दै पूर्वराजाले विश्वको दुई ठुला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म, संस्कृति सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको दाबीसमेत गरेका छन्।

अहिलेको राजनीतिक अवस्थाले सर्वसाधारणको जीवनलाई सकसपूर्ण बनाएको र देशलाई नै दाउमा राख्न खोजेको उनको आरोप रह्यो। 'सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ,' पूर्वराजाले भनेका छन्, 'विद्यामान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लाग्न खोज्ने अवस्था बनेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell