PahiloPost

Jun 15, 2025 | १ असार २०८२

कांग्रेसभित्र असन्तुष्टि छ, ठुलो विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा



पहिलोपोस्ट

कांग्रेसभित्र असन्तुष्टि छ, ठुलो विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभत्रि ठुलो असन्तुष्टि रहेको बताएका छन्। शुक्रवार काठमाडौंको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यसलाई चिर्न आवश्यको रहेको थापाले बताए।

'पार्टीभित्र यत्रो ठुलो असन्तुष्टि छ। यो सबै चिर्नका लागि नयाँ खालको संघर्षको आवश्यकता देखिएको छ,' थापाले भने।

पार्टीमा अहिले ठुलो शुद्धीकरण आवश्यक रहेकोसमेत उनले बताए। व्यवस्था बदल्न भनेर जाने व्यक्ति कहिलेकही आफै बदल्ने उल्लेख गर्दै थापाले पार्टीमा विद्रोह गर्नुपर्ने बेला आएकोसमेत बताए।

'कता कता हामीहरु पनि यही सत्ता र सरकारको खेलमा लड्न जाँदा हामी पनि त्यस्तै भयौ कि। कहिले कही जो व्यक्ति बदल्न भनेर गएको हुन्छ उ आफै बदल्न पनि सक्छ। आफ्नै पार्टीभित्र ठुलो शुद्धीकरण अभियान चलाउनुपर्ने बेला आएको छ,' महामन्त्री थापाले भने, 'आफ्नै पार्टीभित्र ठुलो विद्रोह गर्नुपर्ने बेला आएको छ। आफ्नै पार्टी ठीक ठाउँमा ल्याउनुपर्ने आवश्यक भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell